०१ असार २०८३, सोमबार

ट्राफिक नियम उल्लंघनबाट ३ लाख बढी राजस्व

कात्तिक ४, २०७५
ट्राफिक नियम उल्लंघनबाट ३ लाख बढी राजस्व

विराटनगर – प्रदेश नम्बर १ मा ट्राफिक नियम उल्लंघन गरेर सवारी चालकबाट ३ लाख १ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ । 

प्रदेश नम्बर १ ट्राफिक कार्यालय इटहरीका अनुसार ३ दिनमा २ हजार सवारी साधनलाई मादक पदार्थ सेवन एवम् ट्राफिक नियम उल्लंघन गरी सवारी सञ्चालन गरेकामा कारवाही गरिएको जनाइएको छ ।

चाडपर्वका अवसरमा मापसे गरी सवारी साधन सञ्चालन गर्ने क्रम वृद्धि भई दुर्घटना हुने भएकाले सोको नियन्त्रणका लागि विभिन्न राजमार्ग तथा सहायक राजमार्ग क्षेत्रमा आकस्मिक जाँचलाई तीव्रता दिइएको ट्राफिक कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

कारवाहीमा पर्नेमा मापसे गरी सवारी चलाउने तथा ट्राफिक नियम उल्लंघन गर्नेहरू रहेको बताइएको छ । प्रदेश नम्बर १ मा दैनिक ट्राफिक नियम उल्लंघन र मापसे गरी सवारी साधन सञ्चालन गर्नेहरू दैनिक करीब ५ सय छन् । 

salt training

कमेन्ट गर्नुहोस्