१० असार २०८३, बुधबार

संघीय सरकारसँग आग्रह गरिने

कात्तिक ४, २०७५
संघीय सरकारसँग आग्रह गरिने

पर्सा–प्रदेशन नं २ का मुख्यमन्त्री लालबाबु राउतले भलुवाही खोलाका कारण हुने डुबानको समस्या समाधान गर्न प्रदेश सकारले सङ्घीय सरकारलाई आग्रह गर्ने बताएका छन् । 

पर्साको जिराभवानी गाउँपालिका र पटेर्वा सुगौली गाउँपालिका बीचमा पर्ने भलुवाही खोलाको आज स्थलगत अनुगमनपछि मुख्य मन्त्री राउतले खोकाबाट उत्पन्न समस्या समाधान गर्न प्रदेश सरकारले तत्कालै पहल गर्ने प्रतिद्धता व्यक्त गरे । 

मुख्यमन्त्रीसँगै सो स्थानमा पुग्नुभएका प्रदेश नं २ का भौतिक पूर्वधारमन्त्री जीतेन्द्र सोनलले खोलाले पारेको असर कम गर्ने उपाय खोज्न सिँचाइ विभागका प्रमुखलाई निर्देशन दिए । 

पर्साको सखुवा प्रसौनि गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका, जिराभवानी गाउँपालिका र जगरनाथ पुर गाउँपालिका भएर बग्ने भुलवाही खोलाका कारण वर्षायाममा एक दर्जन गाउँका एक हजारभन्दा बढी परिवार डुबानको समस्या खेप्ने गरेका छन् । प्रत्येक वर्ष खोलाले धार परिवर्तन गर्दा हजारौँ बिगाहा खेतीयोग्य जग्गा पुरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्