३१ जेठ २०८३, आइतबार

वनको कार्यक्षेत्र खुम्चियो

कात्तिक ५, २०७५
वनको कार्यक्षेत्र खुम्चियो

 काठमाडौं - जिम्मेवारी जिल्लाभरिकै वन हेर्ने तर कार्यक्षेत्र जम्मा ५ वटा वडा । सुन्दा अनौठो लाग्न सक्छ । डिभिजन वन कार्यालय, मनाङ भने यसैमा अभ्यस्त भइसकेको छ । डिभिजनले नासोङ गाउँपालिकाका १, २, ५, ६ र ७ वडाका वन मात्र व्यवस्थापन गर्छ ।

जिल्लामा चारवटा गाउँपालिका छन्– चामे, नासोङ, नार्फू र नेस्याङ । नासोङका बाँकी वडा र अन्य तीन गाउँपालिकाका वन अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले व्यवस्थापन गर्ने भएपछि डिभिजन वनको कार्यक्षेत्र खुम्चिएको हो ।

डिभिजनले हेर्ने वडामा खासै ठूला वन छैनन् । त्यसैले गैरकाष्ठ वन पैदावार र जडीबुटी व्यवस्थापन मुख्य प्राथमिकतामा छ । तत्कालीन मनाङ जिल्ला वन कार्यालयमा प्रमुख भएर काम गरेका उपसचिव अजय कार्कीका अनुसार स्थानीयलाई आवश्यक काठ, दाउरा व्यवस्थापनबाहेक मनाङको काठ जिल्लाबाहिर निकासी हुँदैन । उक्त क्षेत्रमा बढीजसो गोब्रे सल्ला र भोजपत्रको वन छ । कान्तिपुर दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्