
काठमाडौं– पत्रकार जमाल खशोग्गीको हत्या भएको साउदी अरेबियाले स्वीकार गरेको छ । त्यसका लागि ‘छाडा एजेन्टहरू’ जिम्मेवार भएको उसले जनाएको छ ।
साउदी विदेशमन्त्री आदिल अल–जुबैरले त्यो ‘भयङ्कर भूल’ भएको फक्स न्यूजलाई बताए । यद्यपि प्रभावशाली युवराजको निर्देशनमा खशोग्गीको हत्या गराइएको आरोप उनले अस्वीकार गरे ।
पत्रकार खशोग्गीलाई के भयो भन्ने विषयमा सत्यतथ्य बाहिर ल्याउन साउदी अरेबिया ठूलो दबाबमा छ । अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावास प्रवेश गरेदेखि खशोग्गी बेपत्ता भएका थिए ।