२१ जेठ २०८३, बिहीबार

मीटू जस्तै म्यानटू अभियान चलाउन थालियो, पुरुषविरुद्धको हिंसाका कुरा खोलिने

कात्तिक ५, २०७५
मीटू जस्तै म्यानटू अभियान चलाउन थालियो, पुरुषविरुद्धको हिंसाका कुरा खोलिने

काठमाडौं — महिलामाथि हुने यौनशोषणको बारेमा उजागर गर्ने मीटू जस्तै पुरुषहरूले पनि महिलाबाट भएको यौनशोषणको खुलासा गर्न म्यानटू अभियान शुरू गरेका छन् । 

भारतको बेंगलुरुमा १५ जनाको एक समूहले म्यानटू आन्दोलन शुरू गरेका छन् । 

तिनमा फ्रान्सका लागि एक पूर्वराजदूत पनि छन् । उनलाई सन् २०१७ को एक घटनामा अदालतले सफाइ दिएको थियो । 

म्यानटू आन्दोलनको शुरूआत शनिवार गैरसरकारी संस्था चिल्ड्रन्स राइट्स इनिसिएटिभ फर शेयर्ड प्यारेन्टिङ (क्रिस्प) ले गरेको हो । 

क्रिस्पका राष्ट्रिय अध्यक्ष कुमार भीले आफ्नो समूह लैंगिक तटस्थ कानूनका लागि लड्ने बताए । उनले मीटू अभियानअन्तर्गत झूटो मुद्दा दायर गर्ने व्यक्तिलाई सजाय दिनुपर्ने बताए । मीटू राम्रो आन्दोलन भएपनि झूटो आरोप लगाएर
कसैलाई फसाउनका लागि यसको दुरुपयोग गर्नु नहुने उनको भनाइ छ । 

कुमारले भने, ‘कडा मेहनतपछि पाएको सम्मानलाई धूमिल बनाउनका लागि झूटो आरोप लगाउनेविरुद्ध यो आन्दोलन शुरू गरिएको हो । मीटूमा पीडित महिलाहरूले दशकौंपहिले भएको यौन उत्पीडनको कुरा बताइरहेका छन् । तर
म्यानटू आन्दोलनले हालै भएका घटनालाई उठाउनेछ । मीटू आन्दोलनमा भाग लिए महिलाको मुद्दा साँचो हो भने सामाजिक सञ्जालमा आउनुको साटो कानूनी कारवाहीको बाटोमा हिँड्नुपर्छ ।’

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्