काठमाडौं — संयुक्त राष्ट्रसंघमा अमेरिकाकी राजदूत निक्की हेलीले राष्ट्रपति डोनल्ड ट्रम्पको अहंकार र अज्ञानतको मजाक उडाएकी छन् ।
यसै वर्षको अन्त्यबाट राजदूत पद त्याग्ने घोषणा गरिसकेकी हेलीले ट्रम्पको अतिसंवेदनशीलताको मजाक उडाएकी हुन् ।
उनले भनिन्, ‘वाशिङटन डीसीमा मलाई सबैले कुनै पनि परिस्थितिमा राष्ट्रपतिको मजाक नउडाउन भनेका थिए । त्यसैले गूड नाइट ।’ उनको कुरा सुनेर सभामा उपस्थित मानिस गलल्ल हाँसे ।
उनले सिनेटर एलिजाबेथ वारेन र ट्रम्पबीच चलिरहेको लडाईंको पनि मजाक उडाइन् । वारेनले हालै डीएनए टेस्टको परिणाम सार्वजनिक गर्दै आफू नेटिभ अमेरिकन वंशको भएको बताएकी थिइन् ।
वारेन नेटिभ अमेरिकन भएको थाहा पाएपछि ट्रम्पले उनलाई पोकाहोन्तास भनी गिल्ला गर्ने गरेको हेलीले खुलासा गरिन् ।
अनि ट्रम्पमा सांस्कृतिक ज्ञान पनि शून्य भएको हेलीको भनाइ छ । उनले भनिन्, ‘राष्ट्रपतिलाई म इन्डियन अर्थात् भारतीय भएको थाहा भएपछि उनले मलाई रेड इन्डियन अर्थात् नेटिभ अमेरिकन भन्ठानेछन् । अनि उनले म पनि
वारेनकै कबिलाबाट हो कि भनेर पो सोधे ।’
एजेन्सी