
काठमाडौं — चीनको लियाओनिङ प्रान्तमा आइतवार एउटा जहाज डुब्दा कम्तीमा ११ जना बेपत्ता भएका छन् । जहाजमा बालुवा लगिँदै थियो ।
चीनको समाचार संस्था शिन्ह्वाले यो दुर्घटना बिहान तीन बजे भएको बतायो ।
प्रान्तीय समुद्री खोज तथा उद्धार केन्द्र र शहर प्रशासनले जहाज, विमान र ५०० भन्दा बढी उद्धारकर्मीहरूलाई बेपत्ता मानिसको खोजका लागि पठाइएको जनाएको छ ।
एजेन्सी