०२ असार २०८३, मंगलबार

ट्रम्पका कारण ओस्कार अवार्ड लिन बन्चित भए विजेता निर्देशक

कात्तिक २०, २०७४
ट्रम्पका कारण ओस्कार अवार्ड लिन बन्चित भए विजेता निर्देशक
काठमाडौं,१६ फागुन– ओस्कार अवार्ड कार्यक्रममा सर्वश्रेष्ठ विदेशी फिल्मको अवार्ड जितेको फिल्म ‘द सेल्सम्यान’का निर्देशक असगर फरहादीले ट्रम्पका कारण अवार्ड कार्यक्रममा सहभागी हुन पाएनन् ।

ट्रम्पले केही महिनाअघि सात मुस्लिम देशका नागरिकलाई अमेरिका आउन निषेध गरिएपछि ती इरानी निर्देशक फरहादी अमेरिकामा भएको ओस्कार अवार्डमा सहभागी हुन नपाएका हुन् ।

ट्रम्प नीतिको विरोध गर्दै निर्देशक फरहादीले ओस्कार अवार्डको लागि विशेष आमन्त्रण गरी भिसा दिएपनि अमेरिका नजाने घोषणा गरेका थिए ।

फरहादीको सट्टामा उनको प्रतिनिधिले उक्त अवार्ड लिएका थिए । साथै उनले फरहादीको सन्देश पनि सुनाएका थिए । सन्देशमा ट्रम्प नीतिको आलोचना गरिएको थियो ।  

सामान्यतया ओस्कार विजेताको मृत्यु भएको अवस्थामा बाहेक अवार्ड लिनका लागि विजेता स्वयम उपस्थित हुनुपर्ने नियम छ । तर ओस्कारले यसपाली उनकै लागि उक्त नियमको परिवर्तन गरेको थियो ।

फरहादीको सट्टामा इरानी–अमेरिकी अन्तरीक्ष यात्री अनौशेह अन्सारीले अवार्ड लिएका थिए । उनले निर्देशक फरहादीको उक्त निर्णय निकै मुश्किल भएको भन्दै त्यसको लागि हिम्मतको जरुरी रहेको बताए ।

फरहादीको ‘द सेल्सम्यान’ फिल्म ८९ औं ओस्कार अवार्डको लागि विदेशी भाषा फिल्मको नोमिनेशनमा परेको थियो । अन्तमा यसै फिल्मले सर्वश्रेष्ठ विदेशी फिल्मको अवार्ड हात पारेको छ ।

अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थीलाई अमेरिका प्रवेशमा १ सय २० दिन प्रतिबन्ध तथा इरान, इराक , लिबिया, सोमालिया, सूडान र यमनका नागरिकमाथि ९० दिनसम्म अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका थिए ।
निर्देशक फरहादीले भने ‘ ओस्कार अवार्डमा मेरा फिल्मकर्मी साथीहरुसँगै सहभागी हुन नपाएकोमा मलाई अत्यन्तै दुःख लाग्छ ।’

उनले भने ‘ मेरो देशका नागरिक लगायत अन्य ६ देशका नागरिक कानुनी ढंगबाट अमेरिका प्रवेश हुनपर्छ र यी राष्ट्रमाथि भिसा प्रतिबन्ध लगाउने ट्रम्प नीतिको म विरोध गर्न चाहन्छु ।’ एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्