
काठमाडौं — भारतको तमिलनाडुमा रहेको एक्कात्तुरमा ट्याम्पु चलाउने एक व्यक्तिलाई उसकी प्रेमिकाका नातेदारले कुटीकुटी हत्या गरेका छन् ।
के धर्मराज नामक ती २७ वर्षीय प्रेमी आफ्नी १६ वर्षीया प्रेमिकालाई भेट्न आइतवार सखारै घरमा घुसेका थिए । प्रेमिका धागो कात्ने मिलमा काम गर्छिन् ।
‘उनीहरू प्रेममा परेपछि धर्मराजले नाबालिका प्रेमिकालाई रातिराति भेट्न जाने गरेका थिए । किशोरीका आमाबुवाले यो थाहा पाएपछि उसलाई नभेट्न सल्लाह दिएका थिए । उनीहरूले धर्मराज अर्कै जातको भएकाले प्रेम स्वीकार गर्न नसक्ने बताएका थिए,’ एक अनुसन्धान अधिकारीले बताए ।
तर चेतावनीका बावजूद उनीहरूको प्रेमलीला चलिरह्यो । आइतवार बिहान दुई बजे धर्मराज आफ्ना साथी एझुमलाईका साथ किशोरीको घर पुगे । उनले साथीलाई बाहिरै कुर्न लगाए र आफू पछाडिको ढोकाबाट छिरे । उनलाई किशोरीका परिवारजनले रंगेहात समाते ।
धर्मराज भाग्न खोजे तर सकेनन् । एझुमलाई चाहिँ भागे ।
परिवारजनले बेस्सरी पिटेपछि धर्मराजको शिरमा चोट लाग्यो र उनी घटनास्थलमै मरे । त्यसपछि परिवारजनले उनको शरीरलार्य घरनजिकैको एकान्त ठाउँमा फ्याँके । स्थानीयहरूले लाश देखेपछि पल्लीपलायम प्रहरीलाई खबर गरे र
प्रहरीले पोस्टमार्टमका लागि लाशलाई सरकारी अस्पताल पठायो ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
एजेन्सी