०२ असार २०८३, मंगलबार

दीपकराजले भने– ʻछक्का पञ्जा ३ʼ ले यसअघिका सबै रेकर्ड तोड्छ

कात्तिक ५, २०७५
दीपकराजले भने– ʻछक्का पञ्जा ३ʼ ले यसअघिका सबै रेकर्ड तोड्छ

काठमाडौं–प्रदर्शनको १२ औं दिन हुँदा चलचित्र ʻछक्का पञ्जा ३ʼ हेर्न हलमा दर्शकको घुइँचो छ । दशैंको अवसर पारेर घटस्थापनाको दिनदेखि प्रदर्शनमा आएको चलचित्र छक्का पञ्जा ३ ले सोमबारसम्म झण्डै ११ करोड बढीको कमाइ गरेको निर्माण युनिटको दाबी छ । 

चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरी हलमा दर्शकको चाप देख्दा चलचित्रले यस अगाडिका सबै रेकर्ड तोड्ने संकेत देखिएको बताउँछन् । लोकान्तरसंगको कुराकानीमा उनले भने, –ʻआजसम्म पनि हल हाउसफूल छ, यसअगाडिका सबै रेकर्ड ब्रेक हुने संकेत छ ।ʼ चलचित्र ʻछक्का पञ्जाʼले १६ करोड कमाइ गरेको थियो, जुन नेपाली फिल्म उद्योगको अहिले सम्मकै धेरै कमाइ हो । 

ʻछक्का पञ्जा २ʼ ले १५ करोड कमाएकोे थियो । दीपाश्री निरौला निर्देशित ʻछक्का पञ्जा–३ʼ ले सामुदायिक विद्यालयमा हुने गरेको बेथितिलाई उदाङगो पारेको छ । चलचित्रमा दीपकराज गिरी, दीपिका प्रसाइँ, केदार घिमिरे (माग्ने बुढा), जितु नेपाल (मुन्द्रे), बुद्धि तामाङ लगायतको मुख्य भूमिका छ ।
 

salt training

कमेन्ट गर्नुहोस्