०४ असार २०८३, बिहीबार

उत्तर कोरियाले अघिल्लो वर्ष चीनसँग अर्बाैं रुपैयाँबराबरको विलासी वस्तु किनेको दाबी

कात्तिक ५, २०७५
उत्तर कोरियाले अघिल्लो वर्ष चीनसँग अर्बाैं रुपैयाँबराबरको विलासी वस्तु किनेको दाबी

काठमाडौं — अघिल्लो वर्ष उत्तर कोरियाले चीनबाट कम्तीमा ७४ अर्ब रुपैयाँ बराबरको विलासी वस्तु किनेको एक दक्षिण कोरियाली सांसदले सोमवार खुलासा गरेका छन् । उत्तरको आणविक र क्षेप्यास्त्र कार्यक्रमलाई दण्डित गर्दै संयुक्त राष्ट्रसंघले लगाएको प्रतिबन्धले यस्तो व्यापारलाई गैरकानूनी बनाएको छ । 

अमेरिकाले प्रतिबन्धलाई कठोर रूपमा लागू गर्न आग्रह गरेको छ । अधिकतम दबाब अभियानका कारण गरीब उत्तर कोरिया वार्ताको टेबलमा आएको वाशिङटनको विश्वास छ ।

तर उत्तरले आणविक र क्षेप्यास्त्र परीक्षण रोकेपछि प्रतिबन्धहरू खुकुलिँदै गएको संकेत पाइएको छ । चीन र रुसले प्रतिबन्ध खुकुलो बनाउन आह्वान नै गरेका छन् । 

‘किमले चीन र अन्य देशबाट सीप्लेन जस्ता विलासी वू.स्तु आफ्नो परिवारका लागि किनेका छन् । उनले आफ्नो सत्तालाई सहयोग गर्ने सम्भ्रान्तहरूका लागि महंगा सांगीतिक साधन, उच्च गुणस्तरको टीभी, सेडान, रक्सी, घडी र भुवा उपहार दिनलाई किनेका छन्,’ विपक्षी सांसद यून साङ–ह्युनले बताए । 

‘छिद्रहरू बढ्दै जाँदा किम आफ्ना आणविक हतियार नत्यागिकनै प्रतिबन्धलाई भुत्ते बनाउने लक्ष्यको नजिक पुग्ने देखिन्छ,’ उनले भने ।

चीनले आफ्नो भन्सार आँकडाको विस्तृत विवरण सार्वजनिक गर्ने गरेको छैन । यूनले यो आँकडा सउलले सन् २००९को राष्ट्रसंघीय प्रस्तावअनुरूप निर्धारित गरेको प्रतिबन्धित सामानको सूचीका आधारमा तयार पारेका हुन् ।

बेइजिङको भन्सार निकायले यस विषयमा टिप्पणी गर्न मानेन । बेइजिङले उत्तर कोरिया विरुद्धको अन्तर्राष्ट्रिय प्रतिबन्धलाई आफूले कठोर रूपमा पालन गरेको बेइजिङले बताएको छ ।

रोयटर्सबाट

salt training

कमेन्ट गर्नुहोस्