
काठमाडौं। यसवर्षको दशैंमा ʻजय भोले’ प्रदर्शनमा ल्याएका अशोक शर्माले अर्को वर्षको दशैंमा पनि नयाँ चलचित्र प्रदर्शनमा ल्याउने घोषणा गरेका छन् । दशैँको फुलपातीको दिनदेखि चलचित्र ʻजय भोले’ प्रदर्शनमा ल्याएका अशोकले आउँदो दशैंमा ʻरातो टीका निधारमा’ प्रदर्शनमा ल्याउने भएका हुन ।
चलचित्र ʻजय भोले’ हेर्न हल पुगेका दर्शकमाझ नयाँ चलचित्र घोषणा भएको छ । ’जय भोले’ सकिएसँगै स्क्रिनमा चलचित्र ʻरातो टीका निधारमा’ घोषणा हुन्छ । त्यहाँ लेखिएको हुन्छ,–ʻअशोक शर्माको रातो टिका निधारमा २०७६ सालको दशैंमा ।ʼ अशोकले भने अहिलेसम्म मौखिक रुपमा चलचित्रका बारेमा केही पनि खुलाएका छैनन् ।