२३ असार २०८३, मंगलबार

कृष्णनगरको कर्फ्यू अनिश्चितकालसम्म

कात्तिक ५, २०७५
कृष्णनगरको कर्फ्यू अनिश्चितकालसम्म

कपिलवस्तु – जिल्ला प्रशासन कार्यालयले कृष्णनगर बजार क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यू) लगाएको छ ।

दुर्गाको मूर्ति सेलाउने क्रममा विवाद बढेपछि प्रशासनले आइतवारदेखि निषेधाज्ञा लगाउँदै आएको थियो । शनिवार राति कडा सुरक्षाबीच दुर्गाको मूर्ति विसर्जन गरिएको थियो ।

विजयादशमीको भोलिपल्ट एकादशीमा दुर्गा पूजाको मूर्ति विसर्जन गरिँदै आएपनि यस वर्ष विवाद भएपछि द्वादशीमा मूर्ति विसर्जन गरियो । मूर्ति विसर्जन गर्न जाने बाटाको विषयमा विवाद भएको थियो ।

कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तरतर्फ कृष्णनगर १ शिवानगरको बढाया पोखरी क्षेत्र, पूर्व सेमरा गाउँ र पश्चिम सिर्सिहवा चोकसम्म निषेधाज्ञा लगाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्