काठमाडौं,१६ फागुन– ८९ औं ओस्कार अवार्ड समारोहमा बलिउड कलाकार स्व.ओमपुरीलाई श्रद्धाञ्जली दिइएको छ ।
अवार्ड समारोहमा ‘इन ममोरियम’मा बलिउड कलाकार स्व.ओमपुरीलाई दिइएको हो । ओमपुरीले थुप्रै हलिउड फिल्ममा अभिनय गरेका थिए । उनले ‘गान्धी’,सिटी अफ जोय’, इस्ट इज इस्ट, वुल्फ जस्ता प्रख्यात फिल्ममा अभिनय गरेका थिए ।
गत ६ जनवरीमा ह्रदयघातका कारण उनको मृत्यु भएको थियो । उनको मृत्युमा बलिउड हस्तीले शोक मनाएका थिए । तर उनको निधनपछि भने कुनै पनि बलिउड अवार्ड समारोहमा उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिएनन् । फिल्मफेयर जस्ता अवार्ड समारोहमा समेत ओमपुरीको नामसमेत उल्लेख गरिएको थिएनन् ।