काठमाडौं, १६ फागुन — अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धेरैजसो विरोधीहरूले पदबाट हटाउनका लागि चार वर्ष नै कुर्नुपर्ने धारणा बनाएका छन् । तर अमेरिकामा टुनामुना र तन्त्रमन्त्रमा विश्वास गर्ने महिलाहरू चाहिँ यसभन्दा विपरीत धारणा राख्छन् ।

शुक्रवार मध्यरातमा अमेरिकामा धामीझाँक्रीमा विश्वास राख्ने मानिसले ट्रम्पलाई पदबाट हटाउनका लागि सामूहिक अनुष्ठान गरेका छन् ।
फेसबूकमा यो सामूहिक टुनामुना ग्रुपमा दश हजारभन्दा बढी मानिस जोडिएका छन् ।
सामाजिक सञ्जालमा म्याजिकरेजिस्टेन्स ह्याशट्याग पनि चलाउन थालिएको छ । यस्तो सामूहिक जादूटोना कार्यक्रमका कारण रूढिवादी इसाइहरू रिसाएका छन् । उनीहरूले बोक्सीहरूमाथि आध्यात्मिक युद्ध शुरु गर्ने घोषणा गरेका छन् ।
यो जादू गर्ने लेखक माइकल ह्युजेजले आफ्नो अनुष्ठानको भिडियो अनलाइन पोस्ट गर्दै जादूटोनासँग जोडिएका धेरै निजी समूहको भिडियो आफूले देखेको बताए ।
जादूटोनाका बेलामा उच्चारण गरिएका शब्दमा देवताहरूलाई डोनाल्ड ट्रम्पलाई टुनामुना गरेर बाँध्न आग्रह गर्दै भनेका छन्, ‘ट्रम्पका कपटी व्यवहार पूरै असफल होस् र उसले हाम्रो राजनीतिलाई तोड्न नसकोस् अनि हाम्रो दिमागमा घृणा, असमञ्जस, डर र उदासी नभरोस् ।’
टुनामुना गर्नेहरूले ट्रम्पले राष्ट्रपति पद नछोडुन्जेल यसो गरिरहने बताएका छन् । अनि रूढिवादी इसाइहरूले टुनामुनालाई निस्तेज बनाउनका लागि प्रार्थन ागर्नका लागि अपिल गरेका छन् ।
ट्रम्प समर्थक पादरी जोसुआ फ्युरेस्टीनले टुनामुना येशुको नामभन्दा बलियो नभएको बताए ।
क्रिस्चियन नेसनलिस्ट अलायन्सले सामूहिक प्रार्थन ागर्न लगाएको छ ।
ट्रम्पले यससम्बन्धमा कुनै टिप्पणी गरेका छन् ।
बीबीसी हिन्दीबाट