
काठमाडौं — चीनमा ६ वर्षीया एक बालिकाको ज्यान बचाउनका लागि एक फूड डेलिभरी बोईले देखाएको साहसले उनलाई सामाजिक सञ्जालमा हिरो बनाएको छ ।
घटनाको भिडियो भाइरल बनेको छ ।
सीजीटीएनका अनुसार, यो घटना झेजियाङको शाओझिङ क्षेत्रमा भएको हो । शाओझिङको एक नहरको किनारमा खेल्दै गर्दा एक बच्चीको गोडा चिप्लियो र उनी नहरमा लडिन् ।
तीन सेकेन्डभित्रै बच्ची डुबेर छटपटाउन थालिन् । त्यही बाटो भएर गइरहेका एक फूड डेलिभरी बोई बच्ची डुब्दै गरेको देखेपछि उसलाई बचाउन नहरमा हाम्फाले अनि बच्चीलाई सुरक्षित रूपमा नहरबाट निकाले ।
नहरबाट बाहिर आएपछि युवकले उनको एउटा जुत्ता त पानीमै छुटेको थाहा पाए । जुत्ता लिनका लागि उनी फेरि नहरमा हाम्फाले र खोजेर ल्याए ।
यो भिडियोलाई सीजीटीएनले आफ्नो ट्विटर ह्यान्डलमा शेयर गरेको छ ।
बचाउने युवकको कम्पनीको नाम मेई तुआन हो र उनले बच्चीलाई घरैसम्म पु–याइदिए । उनलाई यस बहादुरीका लागि कम्पनीले पुरस्कार पनि दियो ।
Delivery man jumps into river to save girl pic.twitter.com/kyd0BCekvU
— CGTN (@CGTNOfficial) October 20, 2018