१४ असार २०८३, आइतबार

रकमान्तरको छानविन गर्न सातै प्रदेशमा खानेपानी मन्त्रालयको छानविन टोली

कात्तिक ७, २०७५
रकमान्तरको छानविन गर्न सातै प्रदेशमा खानेपानी मन्त्रालयको छानविन टोली

काठमाडौं–खानेपानी मन्त्रालयले रकमान्तरबारे छानविन गर्न सात वटै प्रदेशमा अनुगमन टोली गठन गरेको छ । बुधबार दिउँसो मन्त्रालयमा बसेको बैठकले छानविन टोली गठन गरेको हो । 

खानेपानी मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुरको अध्यक्षतामा बसेको बैठकले छानविन टोली गठन गरेको हो । बैठकले रकमान्तरका विषयमा भएको यथार्थ १५ दिनभित्र बुझाउन टोलीलाई निर्देशन पनि दिएको छ ।

अनुगमनमा टोलीमा प्रदेश नं. १ मा अरुण सिम्खडा, कमलकान्त पौडेल र नरेश रेग्मी, प्रदेश नं. २ मा नन्दलाल बञ्जाडे, नारायण पाण्डे र समित यादव, प्रदेश नं. ३ मा रमाकान्त दुवाडी, अनोज उपाध्याय र रामचन्द्र ढंगाल, प्रदेश नं. ४ मा चन्द्रबहादुर केसी, महेन्द्र महर्जन र लोकबहादुर खड्का रहेका छन् ।

त्यसैगरी प्रदेश नं. ५ मा प्रदीप मुडवरी, तिलकराम श्रेष्ठ र राजेन्द्र घिमिरे, प्रदेश नं. ६ मा प्रेमकृष्ण सिंह, सुधिर शाह र नवराज न्यौपाने र प्रदेश नं. ७ मा पूर्णप्रसाद उपाध्याय, मधुसुदन खनाल र भक्तबहादुर शाह रहेका छन् । अनुगमन टोलीले रकमान्तरका विषयमा अध्ययन र छानविन गर्नेछ ।

बुधबार केही सञ्चार माध्यममा खानेपानी मन्त्रालय मातहतका कार्यालयहरुमा रकमान्तर भएको भन्ने समाचार आएपछि मन्त्रालयले आकस्मिक बैठक आब्हान गरेको हो । खानेपानी मन्त्री बिना मगरको निर्देशनमा बसेको बैठकले यथार्थ बिवरण आएपछि थप निर्णय लिने जनाएको छ ।

मन्त्रालयको स्वीकृति बिना गरिएको रकमान्तर मान्य नहुने भन्दै यथाशिघ्र छानविन टोली गठन गर्न खानेपानी मन्त्री बिना मगरले सचिव ठाकुरलाई निर्देशन दिएक्रीद थिइन् ।  रकमान्तरबारे थप रिपोर्ट आएपछि पुन बैठक बसेर आवश्यक कार्वाही गर्ने सचिव ठाकुरले जानकारी दिए । 

 
 

salt training

कमेन्ट गर्नुहोस्