०७ असार २०८३, आइतबार

खानेपानी मन्त्रालयको रकमान्तर अनुगमन गर्न दुईवटा समिति गठन

कात्तिक ७, २०७५
खानेपानी मन्त्रालयको रकमान्तर अनुगमन गर्न दुईवटा समिति गठन

काठमाडौँ– खानेपानी मन्त्रालयले खानेपानी तथा ढल निकास विभागअन्तर्गतका साविकका कार्यालयबाट आर्थिक वर्ष २०७४/०७५ को थप रकम रकमान्तर भएका कार्यको अनुगमन गर्न सातवटै प्रदेशमा तीन/तीन सदस्यीय समिति गठन गरी खटाएको छ । 

मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गर्दै अनुगमन टोलीलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशनसमेत दिइएको छ । 

मन्त्रालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा प्रदेश नं १ मा अरुण सिम्खडा, कमलकान्त पौडेल र नरेश रेग्मी, प्रदेश नं २ मा नन्दलाल बञ्जाडे, नारायण पाण्डे र समित यादव, प्रदेश नं ३ मा रमाकान्त दुवाडी, अनोज उपाध्याय र रामचन्द्र दङ्गाल, प्रदेश नं ४ मा चन्द्रबहादुर केसी, महेन्द्र महर्जन र लोकबहादुर खड्का अनुगमनमा टोलीमा रहेका छन् । 

यसैगरी प्रदेश नं ५ मा प्रदीप मुडवरी, तिलकराम श्रेष्ठ र राजेन्द्र घिमिरे, प्रदेश नं ६ मा प्रेमकृष्ण सिंह, सुधीर शाह र नवराज न्यौपाने तथा प्रदेश नं ७ मा पूर्णप्रसाद उपाध्याय, मधुसुदन खनाल र भक्तबहादुर शाह अनुगमनमा टोलीमा रहेका छन् । 

खानेपानीमन्त्री विनामगरले रकमान्तर कार्य मान्य नहुने जनाउँदै अनुगमन गरी छानबिन गर्न सचिवलाई निर्देशन दिएको विज्ञप्तिमा जनाइएको छ । 

कमेन्ट गर्नुहोस्