१० असार २०८३, बुधबार

जुवाको पैसा लुकाएको भन्दै प्रहरीमाथि छानबिन

कात्तिक ८, २०७५
जुवाको पैसा लुकाएको भन्दै प्रहरीमाथि छानबिन

काठमाडौं –जुवाखालबाट बरामद रकम लुकाएको आरोप लागेका म्हैपी अस्थायी प्रहरी बिटका इन्चार्ज असई विचित्र थापामाथि महानगरीय प्रहरी परिसर काठमाडौंले छानबिन सुरु गरेको छ । 

म्हैपीस्थित एक घरमा चलिरहेको जुवाखालबाट बरामद १७ लाखमध्ये थापाले करिब ५ लाख रुपैयाँ आफैं राखेको उजुरी महानगरीय प्रहरी अपराध महाशाखामा परेपछि परिसरले उनलाई जिम्मेवारीमुक्त बनाएर छानबिन थालेको हो ।
गत सोमबार राति असई थापासहित दुई प्रहरी जवानले जुवाखालमा छापा मारेका थिए । जुवा खेलिरहेकाहरू खालमा रहेको केही रकम लिएर भागेका थिए । असई थापाले खालमा रहेको करिब १५ लाख रुपैयाँ आफैंले लिएको र पछि छलफलपछि ५ लाख राखेर अरू फिर्ता गरेको उजुरीमा उल्लेख छ । प्रहरी स्रोतका अनुसार प्रारम्भिक बयानक्रममा केस मिलाउन भन्दै जुवाडेहरूले आफूलाई तीन लाख दिएको असई थापाले बताएका छन् । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 
 

salt training

कमेन्ट गर्नुहोस्