०५ असार २०८३, शुक्रबार

एकता प्रक्रिया टुङ्गो लगाउने गृहकार्य अन्तिम चरणमा

कात्तिक ८, २०७५
एकता प्रक्रिया टुङ्गो लगाउने गृहकार्य अन्तिम चरणमा

काठमाडौंँ-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बुधबार बस्ने भनिएको केन्द्रीय सचिवालय बैठक तयारी नपुगेको भन्दै बिहीबार बिहानका लागि सारिएको छ । बैठकमा पार्टीको तल्लो निकायसम्मको एकता प्रक्रियालाई टुङ्गो लगाउनेगरी गृहकार्य अन्तिमचरणमा पुगेको भन्दै नेताहरूकै प्रस्तावमा बैठक सारिएको जानकारी दिइएको छ ।
प्रदेश, जिल्ला तथा अन्य कमिटीहरूको एकता प्रक्रियाका विषयमा छलफल गर्ने तयारी बैठकमा गरिएकाले त्यसको अन्तिम गृहकार्य भइरहेकाले बैठक बिहीबारसम्मका लागि सारिएको एक सदस्यले बताए । बैठक बिहीबार ११ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ ।  गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्