११ असार २०८३, बिहीबार

१७ जना डीआईजीको सरुवा, को कहाँ ?

कात्तिक ८, २०७५
१७ जना डीआईजीको सरुवा, को कहाँ ?

काठमाडौँ- गृह मन्त्रालयले नेपाल प्रहरीका १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरूको सरुवा तथा पदस्थापना गरेको छ । 
महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी मनोज न्यौपानेलाई प्रहरी प्रधान कार्यालय प्रहरी निरीक्षणालय, शेरबहादुर बस्नेतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, दिनेश अमात्यलाई लागूऔषध ब्युरो र शैलेश थापा क्षेत्रीलाई महानगरीय प्रहरी कार्यालयमा सरुवा गरिएको छ । 
त्यस्तैं, नारायणसिंह खड्का प्रहरी प्रधान कार्यालय प्रवन्धमा, कमलबहादुर जिटी विशेष ब्युरो, पीताम्वर अधिकारी प्रदेश प्रहरी कार्यालय दाङ, हरिबहादुर पाल प्रदेश प्रहरी कार्यालय जनकपुर र विनोद शर्मा घिमिरे प्रहरी महानिरीक्षकको सचिवालय सरुवा भएका छन् ।
डीआईजी विकास श्रेष्ठ साइवर ब्युरो, ठाकुरप्रसाद ज्ञवाली अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल, पूर्णचन्द्र जोशी राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय, तारिणीप्रसाद लम्साल सुरक्षा सेवा निर्देशनालय, निरजबहादुर शाही अपराध अनुसन्धान ब्युरो, प्रद्युम्नकुमार कार्की राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, हरिभक्त प्रजापति महिला तथा बालबालिका सेवा निर्देशनालय र सूर्यप्रसाद सुवेदी राष्ट्रिय सुरक्षा परिषदमा सरुवा भएका छन् । 
प्रहरी प्रधान कार्यालयले वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीलाई केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारी तोकेको छ । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ । 
 

salt training

कमेन्ट गर्नुहोस्