१३ असार २०८३, शनिबार

गरीब र असाहयका लागि निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविर

कात्तिक ८, २०७५
गरीब र असाहयका लागि निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविर

धनकुटा-गरीब, असाहय तथा पहुँचबिहीनहरुका लागि धनकुटा अस्पतालमा हिजोदेखि वृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविर शुरु भएको छ । अलोहा मेडिकल मिसन अमेरिकाको आयोजनामा धनकुटा र आसपासका बिरामीलाई निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो । 

बृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरको उद्घाटन गर्नुहुँदै प्रतिनिधिसभा सदस्य राजेन्द्र राईले गरीब र असहायका लागि शिविर निकै फलदायी हुने बताउनुभयो । कात्तिक १७ गतेसम्म धनकुटा अस्पतालमा सञ्चालन हुने स्वास्थ्य शिविरमा विशेषज्ञ अमेरिकी चिकित्सकद्वारा पित्तको पत्थरी, पाठेघर, हर्निया, हाइड्रोसिल, पायल्स, गाठागुठीको शल्यक्रिया, दातको उपचार, कृत्रिम हात वितरण गरिने शिविर आयोजक समितिका संयोजक रोशेष श्रेष्ठले बताउनुभयो । 

दश दिनसम्म सञ्चालन हुने शिविरबाट धनकुटा र आसपासका सयौँ बिरामी लाभान्वित हुने आयोजकले बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्