२३ असार २०८३, मंगलबार

'घाँटी मेरो रेटेपनि माया गर्न छाड्दिन...' भन्दै बजारमा आए जेन्टल अधिकारी [भिडियोसहित]

कात्तिक ८, २०७५
'घाँटी मेरो रेटेपनि माया गर्न छाड्दिन...' भन्दै बजारमा आए जेन्टल अधिकारी [भिडियोसहित]

काठमाडौं – सांगितिक क्षेत्रका नयाँ प्रतिभा जेन्टल अधिकारीले 'घाँटी मेरो रेटे पनि...' गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन् ।

पूर्वी नेपालबाट उदाउँदै गरेका गायक अधिकारीको पहिलो कोशेली समेत रहेको यस गीतको म्युजिक भिडियो युट्युबमार्फत् सार्वजनिक गरिएको हो ।

पूर्वी नेपालका मनमोहक दृष्यहरू समेटिएको म्युजिक भिडियोलाई वीरेन्द्रकुमार साहले निर्देशन गरेका हुन् । 

भिडियोमा संचारकर्मी तथा मोडल प्रतीक श्रेष्ठ, कोपिला मैनाली, अस्मी कार्की र गायक अधिकारी स्वयंले अभिनय गरेका छन् ।

गीतमा संगीत र स्वर गा अधिकारीको रहेको छ भने शब्द हरिगोपाल अधिकारीले लेखेका हुन् । अधिकारीले अन्य केही गीतहरू समेत रेकर्ड गराइसके पनि बजारमा आउन भने बाँकी नै छ ।

गीतको मर्मअनुसार भिडियो तयार भएको भन्दै अधिकारीले यसले दर्शकको माया पाउने विश्वास व्यक्त गरे ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्