२८ असार २०८३, आइतबार

साउदीका राजकुमारले भने, पत्रकार खाशोज्जीको हत्यामा संलग्नलाई सजाय हुन्छ

कात्तिक ८, २०७५
साउदीका राजकुमारले भने, पत्रकार खाशोज्जीको  हत्यामा संलग्नलाई सजाय हुन्छ

साउदी अरबका युवराज मोहमद बिन सलमानले टर्कीमा साउदी पत्रकार जमाल खाशोज्जीको हत्यामा संलग्न सबै जिम्मेवार अपराधिलाई सजाय दिइने बताएका छन् । 

राजधानी रियादमा एक व्यापारिक फोरममा बोल्दै सलमानले भने,‘सबै साउदी मासिनका लागि य अपराध दुखदायी छ’ ।

युवराज सलमानको यो पत्रकार खाशोज्जीको हत्यामा संलग्नता भएको आरोपलाई साउदीले अस्वीकार गर्दै आएको छ । 

२ अक्टुबरमा खाशोज्जी इस्तानबुलको साउदी दूतावासमा गएका थिए जहाँ उनको हत्या गरिएको थियो । 

साउदी सारकारले पहिला दूतावासमा हत्यालाई अस्वीकार गरेको थियो तर पछि खाशोज्जी दूतावासमा भएको झगडामा मारिएको बताएको थियो ।

टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले पत्रकार तथा साउदी सरकारका आलोचक खाशोज्जीलाई साउदीको जासुसी र अन्य अधिकारीले मिलेर योजनावद्ध राजनीतिक हत्या गरेको आरोप लगाएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्