
साउदी अरबका युवराज मोहमद बिन सलमानले टर्कीमा साउदी पत्रकार जमाल खाशोज्जीको हत्यामा संलग्न सबै जिम्मेवार अपराधिलाई सजाय दिइने बताएका छन् ।
राजधानी रियादमा एक व्यापारिक फोरममा बोल्दै सलमानले भने,‘सबै साउदी मासिनका लागि य अपराध दुखदायी छ’ ।
युवराज सलमानको यो पत्रकार खाशोज्जीको हत्यामा संलग्नता भएको आरोपलाई साउदीले अस्वीकार गर्दै आएको छ ।
२ अक्टुबरमा खाशोज्जी इस्तानबुलको साउदी दूतावासमा गएका थिए जहाँ उनको हत्या गरिएको थियो ।
साउदी सारकारले पहिला दूतावासमा हत्यालाई अस्वीकार गरेको थियो तर पछि खाशोज्जी दूतावासमा भएको झगडामा मारिएको बताएको थियो ।
टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले पत्रकार तथा साउदी सरकारका आलोचक खाशोज्जीलाई साउदीको जासुसी र अन्य अधिकारीले मिलेर योजनावद्ध राजनीतिक हत्या गरेको आरोप लगाएका थिए ।