०४ असार २०८३, बिहीबार

बलात्कार पीडित १३ वर्षीय बालिकालाई जिउँदै जलाउन आदेश

कात्तिक ८, २०७५
बलात्कार पीडित १३ वर्षीय बालिकालाई जिउँदै जलाउन आदेश

पछिल्लो समय बलात्कारका घटनाहरु निकै बढेका छन् । केही समयअघि मात्र कन्चनपुरमा १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको छ जसमा संलग्नलाई अझै कारवाही हुन सकेको छैन । 
त्यसपछि पनि देशभर बालिका बलात्कार केही घटना सार्वजनिक भइसकेको छ । 

यस्तै एक घटना भारतमा घटेको छ । तर बलात्कारबाट पीडित बनेकी बालिकालाई जिउँदै जलाउने आदेश गाउँ पञ्चायतले दिएपछि हंगामा भएको छ । 

भारत झारखण्डको चाइबासाको एक महापञ्चायतले बलात्कारपछि गर्भवती भएकी १३ वर्षीय पीडित बालिकामाथि पाँच लाख जरिवाना लगाएर उनलाई जिउँदै जलाउने निर्णय गरेको छ । 
मझारी प्रहरी थाना क्षेत्रमा १३ वर्षीय बालिका बलात्कार पछि गर्भवती भएपछि गाउँलेले महापञ्चायत बोलाएका थिए । 

महापञ्चायतले मंगलबार साँझ ५ बजे यस्तो निर्णय गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यस क्रममा आदिवासी समाज युवा महासभाका पदाधिकारी तथा सर्वसाधारणको उपस्थिती थियो । पहिला महापञ्चायतले बलात्कारका आरोपी रोबिनलाई पञ्चायतमा बोलाइएको थियो । जहाँ उसले अपराध कबूल गरेका थिए । यसपछि महापञ्चायतले उनलाई र पीडितलाई पनि सजाय सुनाएका थिए । 

स्थानीयका अनुसार आरोपी रबिन उर्फ मानसिंह कुंकल आफ्ना ठूला भाइसँग काम गर्थे । करिब दुई वर्षदेखि रोबिन पीडिताको घरमा बस्न लागे । पीडित बालिका उनकी भतिजी समेत हुन् । यस बीच रोबिनले डराइधम्काइ ६ कक्षामा पढ्ने १३ वर्षकी भतिजीका साथ बलात्कार गरे त्यसक्रममा उनी गर्भवती भइन् । घटना सार्वजनिक भएपछि गाउँमा पञ्चायत बोलाइएको थियो । 

तर रोबिन कुंकल पञ्चायतमा उपस्थित भएनन् । फेरि मंगलबार महापञ्चायत बोलाइयो जहाँ उनी उपस्थित भए ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार आदिवासी समाज युवा महासभाको जिल्लाध्यक्ष गब्बरसिंह हेम्ब्रमले फैसलालाई पढेर सुनाएका थिए । फैसलामा भनिएअनुसार समुदायमा कुनै पनि व्यक्ति समाज भन्दा ठूला होइनन् । यस्तो घटना फेरि नहोस् भन्नका लागि पैसा लिएर जिउँदै जलाउने पञ्चायतले निर्णय गरेको हो । 
 
 

salt training

कमेन्ट गर्नुहोस्