०५ साउन २०८३, मंगलबार

स्वास्थ्य बिमा बोर्डको निर्देशकका लागि ३ जनाको नाम सिफारिस, को-को परे ?

कात्तिक ८, २०७५
स्वास्थ्य बिमा बोर्डको निर्देशकका लागि ३ जनाको नाम सिफारिस, को-को परे ?

काठमाडौं – स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक पदका लागि ३ जना  छानिएका छन् । 

बोर्डको निर्देशक छनोट गर्न गठित समितिले दामोदर बर्सौला, श्रीमान कार्की र रमेशकुमार पोखरेलको नाम सिफारिस गरेको हो ।  

लोक सेवा आयोगका अध्यक्ष संयोजक रहेको तीन सदस्यीय समितिले सार्वजनिक सूचना जारी गरी कार्यकारी निर्देशक पदका लागि दरखास्त आब्हान गरेको थियो । दरखास्त दिने पहिलो चरणको छनोटमा ५ जना परेका थिए । 

समितिले उनीहरूको मंगलबार र बुधवार प्रस्तुतीकरण र अन्तरर्वार्ता लिएको थियो । प्रस्तुतीकरण र अन्तर्वार्ताबाट ५ जनामध्ये डा. सतिशकुमार देव र शैलेशकुमार मिश्र भने बाहिरीएका छन् । 

समितिले सिफारिस गरेका तीनमध्ये एक जनालाई प्रधानमन्त्रीले स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक छनोट गर्नेछन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विदेश भ्रमणमा रहेकाले बोर्डको निर्देशक छनोटका लागि प्रधानमन्त्रीलाई छनोटमा परेकाको सिफारीस पठाउन केही समय लाग्ने जनाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्