
काठमाडौं — आफैंले बनाएको गिनिज विश्व कीर्तिमान तोड्नका लागि कुर्ट ओसबर्नले ४५ दिनसम्म एउटा मात्र पांग्रामा साइकल चलाउने भएका छन् ।
यसक्रममा उनले अमेरिकाको क्यालिफोर्नियादेखि फ्लोरिडासम्मको यात्रा गर्नेछन् । ओसबर्नले यो कीर्तिमान दौड १२ अक्टोबरमा शुरू गरिसकेका छन् ।
ओसबर्नले आफ्नो यात्रा फ्लोरिडाको कोकोआ बीचमा सकिनेछ । क्यालिफोर्नियादेखि फ्लोरिडाको कुल दूरी चार हजार ६६७ किलोमिटर छ । दौड पूरा गरेपछि पाउने पुरस्कार रकम उनले अपांगता भएका बालबालिकामाथि खर्च गर्नेछन् ।
ओसबर्नले सन् १९९८मा गिनिज बूक अफ वर्ल्ड रेकर्ड्समा दर्ता गरेको बताए । त्यसक्रममा क्यालिफोर्नियाका एनहेम कन्भेन्सन सेन्टरमा लगातार ११ घन्टा साइक्लिङ गरेका थिए ।
सन् १९९९ मा उनले एक पांग्रामा साइकल चलाउँदै क्यालिफोर्नियाबाट ओर्ल्यान्डो पुगेका थिए । ओसबर्नले यो यात्रा ७५ दिनमा पूरा गरेका थिए जुन विश्वकीर्तिमान हो । अब क्यालिफोर्नियादेखि फ्लोरिडासम्मको यात्रा ४५ दिनमा पूरा
गरेर उनी पुरानो विश्वकीर्तिमान तोड्न चाहन्छन् ।
एजेन्सी