१२ साउन २०८३, मंगलबार

बालुवाटारमा नेकपाको सचिवालय बैठक जारी

कात्तिक ८, २०७५
बालुवाटारमा नेकपाको सचिवालय बैठक जारी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको बैठकमा जनवर्गीय संगठनहरुको एकीकरण, पछिल्लो राजनीतिक अवस्था, सरकारको काम कारवाही लगायतका विषयमा छलफल केन्द्रीत रहेको छ । 
बैठकमा प्रचण्डको भोलि हुने भारत भ्रमणका विषयमा समेत छलफल हुने छ । 

यसअघि कात्तिक ४ र ५ गते बसेको बैठकले काठमाडौं क्षेत्र नम्बर सातका सांसद रामवीर मानन्धर र नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको थियो । बैठकमा माधव नेपालको असन्तुष्टिका विषयमा नेताहरुबीच छलफल र बहस भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्