२५ असार २०८३, बिहीबार

कपिल शर्माले गर्ने भए प्रेमिकासँग बिहे, अमृतसर र मुम्बईमा प्रीतिभोज

कात्तिक ८, २०७५
कपिल शर्माले गर्ने भए प्रेमिकासँग बिहे, अमृतसर र मुम्बईमा प्रीतिभोज

काठमाडौं — हास्यकलाकार कपिल शर्माले बिहेको तयारी शुरू गरिसकेका छन् । प्रेमिकी गिन्नीसँग उनको बिहे हुन लागेको हो ।

टीभीमा फर्किने तयारीमा रहेका कारण कपिल व्यस्त भएकाले बिहेमा समय दिन नसकेपछि गिन्नी आफैंले सबै कुराको रेखदेख गरिरहेका छन् । कपिललाई डिस्टर्ब नहुने गरी उनका परिवारका मानिसले तयारी गरिरहेका छन् । 

खासमा कपिल कम्ब्याक शो शुरू भएपछि मात्र बिहे गर्ने मूडमा थिए तर गिन्नीको परिवारका सदस्यका कारण छिट्टै बिहे हुन लागेको हो । 

कपिलले गिन्नीलाई वर्षको अन्त्यसम्ममा बिहे गर्ने वाचा गरेका थिए । तर गिन्नीका पिताको स्वास्थ्य बिग्रेपछि छिट्टै बिहे हुने भएको हो । अघिल्लो महिना उनले अमृतसर पुगेर शुभ मुहूर्त निकालेका थिए ।  

पञ्जाबको जालन्धरमा रहेको कबाना रिसोर्ट एन्ड स्पा दुई दिनका लागि बूक गरिएको छ र त्यहीँ नै भव्य बिहे गरिनेछ । 

कपिलले अमिताभ बच्चन, शाहरुख खान, अक्षय कुमार, दीपिका पादुकोण लगायतलाई बिहेको निम्तो पठाउने भएका छन् । 

बिहेपछि अमृतसर र मुम्बईमा प्रीतिभोज गरिनेछ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्