०४ असार २०८३, बिहीबार

भ्रष्टाचार मुद्दाका फरार अभियुक्त पक्राउ

कात्तिक ८, २०७५
भ्रष्टाचार मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भ्रष्टाचार मुद्दामा दोषी ठहर भाई फरार रहेको एक व्यक्तिलाई आज पक्राउ गरी सार्वजनिक गरेको छ । 

पुनरावेदन अदालतले २०५७ साल पुस २१ गते अख्तियार दुरुपयोग गरी भ्रष्टाचार गरेको मुद्दामा ललितपुर जिल्ला धापाखेल गाविस–९ का रामकुमार खड्कालाई रु एक करोड तेइस लाख त्रिपन्न हजार आठ सय असी जरिवाना र एक वर्ष कैद हुने ठहर गरेकोमा खड्का फरार रहँदै आएका थिए । 

ब्यूरोले खड्कालाई ललितपुरको धापाखेलबाट पक्राउ गरेको ब्यूरोका प्रहरी नायब उपरीक्षक निरञ्जनदत्त भट्टले जानकार दिए । खड्कालाई आजै फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्