१६ असार २०८३, मंगलबार

सरकारी विद्यालयको दुर्दशा : ६ महिना हङकङमा बस्दा पनि तलब खाने !

कात्तिक ८, २०७५
सरकारी विद्यालयको दुर्दशा : ६ महिना हङकङमा बस्दा पनि तलब खाने !

काठमाडौं– सरकारी विद्यालयका शिक्षकहरु कतिसम्म गैरजिम्मेवार हुन्छन् भन्ने उदाहरण काठमाडौंको रानीवनस्थित बाल बिकास माध्यमिक विद्यालयमा देखिएको छ । 

नागार्जुन नगरपालिका–१ स्थित बाल बिकास माध्यमिक विद्यालयकी प्रधानन्याध्यापक मैयादेवी मल्लले ६ महिनाको विदा नै स्वीकृत नगराई हङकङ बसेर एकमुष्ट तलब बुझेको घटना सार्वजनिक भएको छ । 

प्रधानाध्यापक मल्ला २०७४ भदौदेखि माघसम्म हङकङमा बसेकी थिइन् । बिदा स्वीकृत नगराई हङकङ बसेकी मैयाले नेपाल फर्किएपछि एकमुष्ट तलब पनि बुझिन् । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई प्रभावमा पारेर प्रधानाध्यापक मल्लले १ लाख ६२ हजार ७ सय ५३.८२ रुपैयाँ तलब एकमुष्ट बुझेकी हुन् । 
मल्लले गैरकानूनी रुपमा ६ महिनाको तलबी बिदा स्वीकृत गराएर तलव बराबरको रकम हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

मल्लले बदनियतका साथ सरकारी सम्पत्तीको हिनामिना गरी आफूलाई लाभ र नेपाल सरकारलाई हानी नोक्सानी पुर्याएको अख्तियारको ठहर छ । 

मल्लसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरीकृष्ण लामा, सदस्यहरु नानीमैया लामा, बिना श्रेष्ठ, लबेन्द्र बहादुर शाही र मनोज लामा, शिक्षक प्रतिनिधी जितेन्द्र लामा तथा लेखापाल विपल लामाविरुद्ध पनि अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्