२३ असार २०८३, मंगलबार

राजपा नेपाललाई एक ढिक्का बनाइनेः नेताहरु

कात्तिक ८, २०७५
राजपा नेपाललाई एक ढिक्का बनाइनेः नेताहरु

सर्लाही– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका शLर्ष नेतृत्वले राजपा नेपाल देशको तेस्रो ठूलो पार्टी भएकाले वैकल्पिक शक्तिको रुपमा एक ढिक्का भएर अगाडि बढ्ने बताउनुभएको छ । 

दिपावली तथा छठ पर्वको अवसरमा गोडैतामा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँहरुले सो कुरा बताउनुभएको हो । 

पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपा नेपालसँग सरकारले गरेको सहमति अनुसार संविधान संशोधन, रेशम चौधरीको रिहाई, झुठा मुद्दा फिर्ता लगायतको माग पूरा गरिएन भने कडा आन्दोलनमा उत्रिन बाध्य हुने बताउनुभयो । 

त्यस्तै अध्यक्ष मण्डलका अर्का शरद सिंह भण्डारीले महाधिवेशनबाट राजपा नेपाल एक ढिक्कामा बाँधिने विश्वास व्यक्त गर्नुभयो र 

अध्यक्ष मण्डलका सदस्य महेन्द्रप्रसाद यादवले गोडैता नगरपालिकालाई यस क्षेत्रकै नमूना नगरपालिकाको रुपमा विकास गरिनुपर्नेमा जोड दिदैं उखु किसानको समस्या समाधानका लागि आफूहरुले पहल गर्ने बताउनुभयो । 

अध्यक्ष मण्डलका अर्का सदस्य अनिलकुमार झाले संविधान संशोधन भएन भने पुनः आन्दोलनका लागि तयार रहन सबैमा आग्रह गर्नुभयो । 

गोडैता नगरपालिका प्रमुख देवेन्द्र यादवले नगरपालिकाको बगदहमा निर्माण भइरहेको चिनी मिलमा पचास प्रतिशत नगरवासीलाई रोजगार दिनुपर्नेमा जोड दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्