२६ असार २०८३, शुक्रबार

काठमाडौंको सडकमा पल्टियो ट्रक, किचिएर २ जनाको मृत्यु

कात्तिक ९, २०७५
काठमाडौंको सडकमा पल्टियो ट्रक, किचिएर २ जनाको मृत्यु

काठमाडौं– काठमाडौंको तार्केश्वर नगरपालिकाको लोलाङ हाइट भन्ने ठाउँमा ट्रकले किचेर २ जनाको मृत्यु भएको छ । 

नेपाल–चीन (रसुवा) नाकाबाट सामान लोड गरेर अनलोड गर्न आएको ट्रकले किचेर एक बृद्धा र बालकसहित २ जनाको मृत्यु भएको हो । 

शुक्रवार विहान १० बजेतिर सामान अनलोड गर्न आएको ना ६ ख ७८३६ नम्बरको ट्रक कच्ची सडकमा मोड्ने क्रममा पल्टिएको थियो । चालकले तीब्र गतिमा चलाएको ट्रक नियन्त्रणमा आउन नसकि पल्टिदा दुई जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले लोकान्तरलाई जानकारी दिए । 

ट्रकले किचेर मृत्यु हुनेमा गोरखा पुङकोटकी ७० वर्षीय दिलकुमार तिवारीको मृत्यु भएको हो । यस्तै गम्भीर घाइते भएका ४ वर्षीया बालक आशिष तिवारीको ग्रिनसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

ट्रकले किचेर गम्भीर घाइते भएकी नुवाकोटकी ६० वर्षीया सावित्री पुडासैनीको त्रिवी शिक्षण अस्पतालमा उपचार भइरहेको डिएसपी बोगटीले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्