१४ असार २०८३, आइतबार

किन्डरगार्टनका बच्चालाई चक्कु प्रहार गर्ने महिला पक्राउ, १४ जना घाइते

कात्तिक ९, २०७५
किन्डरगार्टनका बच्चालाई चक्कु प्रहार गर्ने महिला पक्राउ, १४ जना घाइते

काठमाडौं — चीनको पश्चिम चोङकिङ शहरमा साना बच्चाहरूको विद्यालयमा गरिएको चक्कु आक्रमणमा १४ बच्चा घाइते भएका छन् । 

प्रहरीका अनुसार, शिंशिजी किन्डरगार्टनमा शुक्रवार बिहान लियू नाम गरेकी  ३९ वर्षीया महिलाले बच्चाहरूलाई चक्कुले आक्रमण गरेकी थिइन् । 

चीनमा हालैका वर्षमा यस्ता अनेकौं आक्रमण भएका छन् । यी आक्रमणमा मानसिक रोगी तथा गुनासोको पोको भएका मानिस संलग्न हुने गरेका छन् । 

आरोपित महिलालाई हिरासतमा लिइएको बताइएको छ । घाइते बच्चाहरूको अवस्थाका बारेमा केही बताइएको छैन । 

बच्चाहरू मैदानमा खेलिरहेको बेलामा ती महिला विद्यालय परिसरमा घुसेको बताइएको छ । 

प्रशासनले आक्रमणको उद्देश्यका बारेमा स्पष्ट केही भन्न नसकिने बताएको छ ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्