०६ साउन २०८३, बुधबार

कांग्रेस नेता भण्डारीको आरोप– मुख्यमन्त्री टोपी ढल्काएर मात्र बसे काम गरेनन्

कात्तिक ९, २०७५
कांग्रेस नेता भण्डारीको आरोप– मुख्यमन्त्री टोपी ढल्काएर मात्र बसे काम गरेनन्

बुटवल–नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रदेशका मुख्यमन्त्रीहरू कामै नगरी बसेको आरोप लगाएका छन् । देशको विकासका लागि मुलुक संघीयतामा गएपछि पहिलो पटक चयन भएका मुख्यमन्त्रीहरू टोपी ढल्काएर मात्र बसेको बताए ।

शुक्रबार बुटवलमा भएको एक कार्यक्रममा बोल्दै नेता भण्डारीले भने, ‘भारतका विभिन्न राज्यका मुख्यमन्त्रीहरू सहरमा बस्दैनन । गाउँ गाउँ जान्छन । जनताको समस्या बुझछन । तर यहाँका मुख्यमन्त्रीहरू बजारका टोपी ढल्काएर मात्र बसे ।’

कांग्रेस युवा नेता भण्डारीले थपे, ‘मुख्यमन्त्रीको यस्तो पाराले मुलुकको विकास हुँदैन । यो समय भनेको काम गर्ने हो ।  धुवा धुलो नहाउने ठाउँमा बस्ने होइन । गाउँका विभिन्न ठाउँहरुमा पुगेर काम गर्नुपर्छ ।’ कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका भण्डारीले नेपालका हरेक पार्टीमा नंया ओपन ब्रेनको आबश्यकता रहेको बताएका छन् । ‘अव परिवार केन्द्रीत राजनीतक आवश्यक छैन,जसले नेपाल बन्न सक्दैन ,त्यसकारण अवको नेतृत्व नया युवा पिढीको हो’ भण्डारीले भने । 

नेपाली कांग्रेसका युवा नेता समेत रहेका उनले नेपाली कांग्रेसभित्र  गुट उपगुटको कारण समस्या आएको  उनको भनाइ छ । उनले भने, ‘नेतृत्व तह नै गतिलो नभएकाले पार्टी यो अबस्थामा पुगेको हो,आसेपासे र चम्चाहरुका कारण पार्टी कमजोर बनेको हो ।’ दशैंमा २ वटा २ कुरा सिकेको भन्दै उनले सिमान्तकृत बर्ग,पिछडिएको बर्गभित्र बाहुन क्षेत्री पनि निकै रहको बताए । अब समाजलाइ जातिय आधरले होइन बर्गिय आधारले अघि बढाउन आबश्यक भण्डारीको भनाइ छ । 

राष्ट्रपतिको टिका प्रकरणको बारेमा सोधिएको प्रश्नको जवाफ दिदैं उनले राजाको संस्कार र असभ्य परिपाटी दोहोरिएकोमा उनले दुख ब्यक्त गरे । अहिलेको सरकार सामाजिक,आर्थिक,राजनीतिक रुपमा कमजोर र असफल भएको बताए । सरकार पछिल्लो समयमा भष्ट्राचारमा डुबेको उनको दाबि छ । निर्मला हत्या काण्ड,वाईट वडी बिमान र सुन कान्ड लगायतका विषयमा सरकार निकै ढिलाइ भएको र एसपि र इन्सपेक्टरलाइ धेरै पहिला नै कारवाही नगरेकोमा उनले आक्रोश ब्यक्त गरे ।
 
 

salt training

कमेन्ट गर्नुहोस्