
काठमाडौं –एएफसी यू–१९ वुमन च्याम्पियन्सिप छनोट फूटबल प्रतियोगितामा नेपालले भारतलाई पराजित गरेको छ । थाइल्याण्डमा शुक्रवार अपराह्न सम्पन्न खेलमा नेपाल २-० गोल अन्तरले विजयी भयो ।
आफ्नो पहिलो खेलमा नेपाल आयोजक थाइल्याण्डसँग ३-0 ले पराजित भएको थियो । नेपालले आज पराजित गरेको त्यही भारतीय टोली हो जसले अघिल्लो खेलमा पाकिस्तानलाई १८–० गोल अन्तरले पराजित गरेको थियो ।
नेपालसँगै भारत र थाइल्याण्डले पनि १-१ खेल जितेका छन् । पाकिस्तान जीतविहीन छ भने सिंगापुरले खेल्न बाँकी छ ।