
नेपालगञ्ज–संयुक्त बजार अनुगमन टोलीले शुक्रवार यहाँको बागेश्वरी मन्दिर आसपास रहेका मिठाइ पसलको अनुगमन गरेको छ ।
अनुगमन टोलीले यहाँका पाँच मिठाइ पसलको अनुगमन गरेको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेलको नेतृत्वमा गएको टोलीले म्याद नाघेका करीब २५ किलो मिठाइ नष्ट गरेको छ ।
टोलीले माया मिष्ठान भण्डार र न्यू माया स्वीट पसलबाट अखाद्य पदार्थ ‘हाइड्रो’ प्रयोग गरेको भेटाएको छ । हाइड्रो र सो प्रयोग गरिएको मिठाइ आजै नष्ट गरिएको प्रमुख पौडेलले जानकारी दिए ।