१२ असार २०८३, शुक्रबार

भारतीय गाडी चेकजाँचका क्रममा भेटियो पेस्तोल र गोली, तीन जना पक्राउ

कात्तिक ९, २०७५
भारतीय गाडी चेकजाँचका क्रममा भेटियो पेस्तोल र गोली, तीन जना पक्राउ

काठमाडौं–पर्साको वीरगंज महानगरपालिका १६ स्थित भन्सार मूलगेटबाट सशस्त्र प्रहरीको टोलीले शुक्रबार अपरान्ह एउटा पेस्तोल, सोको म्याग्जिन २ वटा र ८ वटा गोलीसहित तीन जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी नायव निरीक्षक अम्बिरनाथ न्यौपानेको कमाण्डमा खटिएको टोलीले भारतीय नम्बर बीआर ०५ पीए ६१७७ को स्कारपियो गाडीमा जाँच गर्ने क्रममा उक्त पेस्तोल तथा गोली फेला परेको हो ।

त्यसवेला भारतको रामगढवा बिहार घर बताउने २७ वर्षिय अवद बिहारी प्रसादको साथमा उक्त पेस्तोल तथा गोली फेला परेपछि त्यसै गाडीमा सवार सोही ठाउँ घर बताउने उमेशप्रसाद गुप्ता र उक्त गाडीका चालक ओमप्रकाश पासवान गरी तीनै जनालाई पक्राउ गरिएको हो ।

भारतको रामगढवा बिहारमा मोटरसाईकलको सोरुम रहेको बताउने  अवद बिहारी प्रसादले आपूmहरु वीरगंज घुम्न आएको बताएका छन् । 

पक्राउ परेका तीनै जनालाई कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्