१७ असार २०८३, बुधबार

खाजाघरबाट लागुऔषध बिक्री हुने गरेको खुलासा, २२ वर्षीया युवती पक्राउ

कात्तिक ९, २०७५
खाजाघरबाट लागुऔषध बिक्री हुने गरेको खुलासा, २२ वर्षीया युवती पक्राउ

काठमाडौं–  भक्तपुरको मध्यपुर थिमी–६ स्थित कमेरोटारमा सञ्चालित खाजाघरबाट लागूऔषधको विक्रि हुने गरेको पाइएको छ । 

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले बिक्री वितरणको लागि तयार पारिएको लागुऔषध (गाँजा) सहित एक युवतीलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख – ३ तामाजोर घर भई कमेरोटारमा खाजाघर संचालन गर्दै आएकी २२  वर्षीया  शान्तिमाया वाइवा रहेको प्रहरीले जनाएको छ । 

 गाँजा विक्री वितरण हुने गरेको  भन्ने विशेष सूचनाको आधारमा शुक्रबार महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी टोली खाजाघरमा छापा मार्न पुगेको थियो ।

प्रहरीले खाजाघरबाट पोल्याण्ड भनिने गाँजा – ३ पिस (३० ग्राम), गाँजा प्याकेट –८२ पोका (२ केजी ४६० ग्राम ) र गाँजा पोका पार्न राखिएको प्लाष्टिक – १ केजी ७०० ग्राम बरामद गरेको जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमण पोखरेलले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्