१८ असार २०८३, बिहीबार

केही घण्टाका लागि दिल्ली गएका प्रचण्ड स्वदेश फर्किए

कात्तिक ९, २०७५
केही घण्टाका लागि दिल्ली गएका प्रचण्ड स्वदेश फर्किए

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको दिल्लीमा आयोजित एक कार्यक्रममा सहभागि भई स्वदेश फिर्ता भएका छन् ।  शुक्रबार बिहान इन्डिया फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा भाग लिन उनी दिल्ली प्रस्थान गरेकामा आजै राती स्वदेश फर्किएका हुन् ।  

कार्यक्रमा प्रचण्डले नेपाल–भारतबीचको सम्बन्धका बारेमा मन्तव्य दिएको नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । 
प्रचण्डलाई   स्वागत गर्न पार्टीका नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्