
ओखलढुंगा– सुनकोसी गाउँपालिका–३ स्थित कालिका माध्यमिक विद्यालय सिस्नेरीको व्यवस्थापन समितिका अध्यक्षलाई कुटपिट गर्ने शिक्षिकाले क्षतिपूर्ति तिरेकी छन् । उक्त विद्यालयकी शिक्षिका देवकुमारी कटवालले अध्यक्षलाई उपचार खर्चबापत ४ हजार २ सय रुपैयाँ तिरेकी हुन् ।
उनले व्यवस्थापन समितिको बैठकमै भएको विवादमा अध्यक्ष नवराज खड्कामाथि हातपात गरेकी थिइन् ।
जिल्ला प्रशासन कार्यालयमा शुक्रबार भएको छलफलमा प्रधानाध्यापकले राजीनामा गर्ने र शिक्षिका कटवालले उपचार खर्च दिने सहमति भएको हो ।