०७ असार २०८३, आइतबार

काँग्रेस महासमिति बैठक भृकटीमण्डपमा गर्ने निर्णय

कात्तिक १०, २०७५
काँग्रेस महासमिति बैठक भृकटीमण्डपमा गर्ने निर्णय

काठमाडौं–नेपाली कांग्रेस महासमितिको बैठकको बैठक काठमाडौंको भृकटीमण्डपमा हुने भएको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टीका केन्द्रीय पदाधिकारीहरु र उपत्यकाका तीनै जिल्ला कार्यसमितिहरुको संयुक्त बैठकले सो निर्णय गरेको हो । 

महासमिति बैठक यसअघि नै मंसिर ५ देखि ९ गतेसम्म गर्ने तय भइसकेको छ । 

महासमितिको बैठक सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गर्ने सन्दर्भमा स्थानीय व्यवस्थापन समितिको अर्को बैठक सोमबार अपरान्ह २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बताइएको छ ।

कमेन्ट गर्नुहोस्