१६ असार २०८३, मंगलबार

काँग्रेसकाे अवरोधका कारण स्थगित कर्णाली प्रदेशसभा सञ्चालनमा सहमति

कात्तिक १०, २०७५
काँग्रेसकाे अवरोधका कारण स्थगित कर्णाली प्रदेशसभा सञ्चालनमा सहमति

सुर्खेत- प्रतिपक्षी काँग्रेसकाे अवरोधका कारण स्थगित कर्णाली प्रदेशसभाको बैठक आइतबारदेखि सञ्चालन हुने भएको छ । प्रदेशसभा सचिवालयमा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकार र प्रतिपक्षी दलबीच बैठक सञ्चालनका विषयमा सहमति जुटेको हो । 

प्रदेशसभाको असोज २३ र २६ गतेको बैठकमा काङ्गे्रसले चालू आवको वार्षिक कार्यक्रम (रातो किताब) उपलब्ध नगराएको भन्दै अवरोध गरेको थियो । संसद् बैठक भोलि आइतबार दिउँसो १ बजे बस्नेछ । 

सभामुख राजबहादुर शाहीले भोलिको बैठकमा सरकारले संसद्लाई रातो किताब उपलब्ध गराउने, प्रदेशसभा र सरकारका पदाधिकारीको सेवा सुविधासम्बन्धी विधयेक ल्याउन भइरहेको ढिलाइप्रति मुख्यमन्त्रीले धारणा राख्ने कार्यसूची तय भएको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्