२२ जेठ २०८३, शुक्रबार

अन्तर्राष्ट्रिय जनशक्ति भित्र्याउने तयारीमा जापान

कात्तिक २०, २०७४
अन्तर्राष्ट्रिय जनशक्ति भित्र्याउने तयारीमा जापान


टोकियो, १७ फागुन - श्रम बजारमा रहेको अभाव पूर्ति गर्न जापानले अन्तर्राष्ट्रिय जनशक्ति ल्याउने गरी आप्रवासी कानुनमा प्रक्रियागत सुधारको तयारी गरेको छ । जापानको जनसङ्ख्या वृद्धिदर ऋणात्मक रहेको र वृद्धवृद्धाको सङ्ख्या बढी रहेका कारण त्यसबाट जापानी अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न सक्ने भएकाले अन्तर्राष्ट्रिय श्रम बजारबाट त्यसको अभाव पूर्ति गर्न लागिएको खबर आजको गोरखापत्रमा छ | सन् २०१७ मा जापानको जनसङ्ख्या वृद्धिदर –०.१२ प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।japan
नेसनल ग्राजुएट इन्स्टिच्युट फर पोलिसी स्टडिजका उपाध्यक्ष तथा जापान सरकारको मन्त्रिपरिषद्का विशेष सल्लाहकार प्राडा आत्सुसी सुनामीले त्यसका लागि भिसा प्रणालीमा परिवर्तन गरेर प्रतिस्पर्धी मानिसलाई ल्याउने तयारी सरकारले गरेको जानकारी दिए ।
एसियाली उत्पादकत्व सङ्गठन (एपीओ) को आयोजनामा भएको एसियाली देशका सञ्चारकर्मीहरूको अध्ययन भ्रमणका क्रममा विशेष कार्यपत्र प्रस्तुत गर्दै उनले विद्यार्थी र दक्ष कामदार ल्याउन प्रक्रियागत सरलीकरण गर्दा आइपर्ने समस्या र सम्भावनाबारे अन्तरमन्त्रालय अध्ययन भइरहेको उल्लेख गरे । उनका अनुसार त्यसका लागि न्याय मन्त्रालय, सांसदहरू र अध्यागमन कार्यालयका बीच परामर्श भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्