
काठमाडौं –शनिबार विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को राजधानीको भृकुटीमण्डपमा चियापान कार्यक्रम चलिरहेको थियो । सोही क्रममा एक समूहले कार्यक्रमस्थलमा धमाधम पर्चा छर्नुका साथै वितरण गर्न थाल्यो ।
चियापान वहिस्कार गर्न अपिल गर्दै सो समूहबाट वितरण गरिएको पर्चामा विभिन्न ५ बुँदे माग अघि सारिएको थियो ।
यसरी असन्तुष्ट समूहले पर्छा वितरण थालेपछि नेकपा पक्षधर र पर्चा बाँड्नेहरुबीच तनाव हुन पुगेको थियो । सो क्रममा नेकपाका कार्यकर्ताले पर्चा बाँड्नेलाई हातपात गरेको बताइएको छ ।
उनीहरुले वितरण गरेको पर्चामा समानताको आधारमा एकता गरिनुपर्ने, विप्लव, मोहन वैद्य, चित्रबहादुर केसीलगायतका कम्युनिष्ट पार्टीलाई पनि एकतामा ल्याइनुपर्नेलगायतका माग अघि सारिएको छ ।