०४ असार २०८३, बिहीबार

नुवाकोटमा केन्द्रीय कारागार सञ्चालनको तयारी

कात्तिक ११, २०७५
नुवाकोटमा केन्द्रीय कारागार सञ्चालनको तयारी

काठमाडौँ– केन्द्रीय कारागार स्थानान्तरण गर्ने उद्देश्यसहित नुवाकोटमा निर्माणाधीन कारागार चालु आर्थिक वर्षको अन्त्यदेखि नै सञ्चालनमा आउने भएको छ । 
कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीले नुवाकोटको त्रिशूलीमा एकहजार पाँचसय जना रहनसक्ने क्षमताको कारागार रहने छ । एउटा पुरुष ब्लक निर्माण कार्य असारसम्म सम्पन्न भई सञ्चालनमा आउने उनले जानकारी दिए । 
नुवाकोटको त्रिशूलीमा ५३९ रोपनी क्षेत्रफलमा सात हजार कैदीबन्दी क्षमताको केन्द्रीय कारागार बनाउने लक्ष्य अनुसार निर्माण भइरहेको कारागारमा एकहजार पाँचसय जना रहने क्षमताको चारवटा पुरुष ब्लक र एकहजार जना क्षमताको एउटा महिला ब्लक गरी जम्मा पाँचवटा ब्लक निर्माण गरिने जानकारी महानिर्देशक मैनालीले दिए । गोरखापत्र दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्