
काठमाडाैं- जिम्मेवार सरकारी निकायहरुको चरम लापरबाहीका कारण शनिबार ४ सडकयात्रुले ज्यान गुमाउनुपरेको छ ।
राजधानीको कीर्तिपुरमा केयूकेएलले खुलै छाडेको खानेपानीको च्याम्बरमा परेर झिसमिसेमै साइकलयात्रीको मृत्यु भयो भने काभ्रेमा लत्रिएको बिजुलीको तारबाट जोगिन खोज्दा जिप पल्टिएर डीआईजी, सञ्चारकर्मी र युवा नेताको मृत्यु भएको खबर कान्तिपुर दैनिकमा छापिएकाे छ ।