०१ साउन २०८३, शुक्रबार

विकास, समृद्धि र सुशासनको मुख्य बाधक अपराधी हुन्–गृहमन्त्री

कात्तिक ११, २०७५
विकास, समृद्धि र सुशासनको मुख्य बाधक अपराधी हुन्–गृहमन्त्री

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले विकास, समृद्धि र सुशासनको मुख्य बाधक अपराधी भएको बताएका छन् । 

आइतबार राजधानीको भृकुटीमण्डपमा समूदाय प्रहरी साझेदारी कार्यक्रमको उद्घाटन गर्दै गृहमन्त्री थापाले समृद नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्नको लागि दीगो शान्तिको स्थापना र  सुशासन कायम गर्न जरुरी रहेको बताए ।

गृहमन्त्री थापाले सबै प्रकारका अपराधलाई निस्तेज र नियन्त्रण गर्न जरुरी रहेको भन्दै शान्ति सुरक्षाको स्थापनामा मुख्य बाधक नै अपराधी भएको बताए ।

उनले ति अपराधीनै  विकास, समृद्धि र सुशासनको बाधक भएको बताए । 

शान्ति, स्थायित्व र सुरक्षा कसरी गर्ने भन्ने बारे नेपाल प्रहरीले अवधारणा अघि सारकोे भन्दै गृहमन्त्री थापाले प्रहरीले मात्रै लक्ष्य हासिल गर्न नसक्ने बताए । 

प्रहरी र समुदायको प्रयास र साझदारीबाटै समाजमा दीगो शान्ति स्थापना गर्न सकिने उनको भनाइ थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्