२७ जेठ २०८३, बुधबार

एमाले स्वयंसेवकले अब सेल्फी खिच्न नपाउने !

कात्तिक २०, २०७४
एमाले स्वयंसेवकले अब सेल्फी खिच्न नपाउने !
काठमाडौं, १७ फागुन-एमालेले २१ फागुनदेखि झापाको काँकडभिट्टाबाट सुरु गर्न लागेको दुई साता लामो तराई मधेस केन्द्रित मेची–महाकाली राष्ट्रिय अभियानमा सहभागी हुने स्वयंसेवकलाई सेल्फी खिच्न र साथीभाइसँग भेटघाट गर्न निषेध गरेको छ । स्वयंसेवकहरूका लागि ९ बुँदे आचारसंहिता जारी गर्दै एमालेले अभियान अवधिभर मध्यपान र धुम्रपानको प्रयोगमा समेत पूर्णतः निषेध गरेको खबर राजधानीले छापेको छ ।Selfie

स्वयंसेवकका लागि पार्टीले जारी गरेको नौ बुँदे आचार–संहिताको चौथो बुँदामा अभियान अवधिभर मध्यपान र धुम्रपानको प्रयोगमा पूर्णतः निषेध गरिएको उल्लेख छ । एमालेले सेल्फी खिच्ने, घुमफिर गर्ने, साथीभाइ तथा आफन्तसँगको भेटघाटमा अनावश्यक समय खर्च नगर्न पनि स्वयंसेवकलाई निर्देशन दिएको छ ।

केन्द्रका १ हजार पूर्णकालीन र स्थानीय तहबाटै ९ हजार गरी १० हजार स्वयंसेवक अभियानमा परिचालन गरिने एमालेले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्